अक्षरका बाटोको अध्यक्षमा सुनुवार, प्रवक्तामा राई



काठमाडौं । ‘अक्षरका बाटो’ नामक साहित्यिक संस्थाको अध्यक्षमा साहित्यकार तारादेवी सुनुवार चयन भएकी छन् । मुन्दुम महाज्ञान केन्द्र, काठमाडौंमा सम्पन्न भेलाले सुनुवारको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

‘नवप्रतिभालाई प्रोत्साहन र स्थापित स्रष्टालाई सम्मान’ भन्ने मूल नारासहित अक्षरका बाटो गठन गरिएको अक्षरका बाटोका प्रवक्ता विक्रम चेतनशील राईले जानकारी गराए ।

नवगठित संस्थाका उपाध्यक्षमा डिल्लीराम राई ‘नाकारा’, सोनाम ‘सज्जन’ किराती (महासचिव), अरुण राई (सचिव), उपेन्द्र तिमिल्सिना (कोषाध्यक्ष) र मविन्द्र राई ‘साँइलाखुइँ’ले सहसचिवको भूमिका पाएका छन् ।

अक्षरका बाटोका प्रवक्ताको जिम्मेवारी विक्रम चेतनशील राईलाई दिइएको छ ।

यसैगरी, सदस्यहरूमा तिलक चाम्लिङ, अम्बिका ‘अनमोल’ याम्फू, सुरेश कोयी राई र देविका राई चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्