हलेसीमा राखिएको ‘पिपुल काउन्टिङ मेसिन’ले यस्तो काम गर्ने



हलेसी (खोटाङ) । सालिन्दा हलेसीमा कति भक्तजन आउलान् ? कसैले सोधिहालेमा अन्दाजका भरमा भन्नुपर्ने बाध्यता थियो । भेटी उठेका आधारमा भक्तजन आए भन्न सकिने अवस्था थिएन । तर, चाडबाड र बजारविशेषको उपस्थितिलाई आधार मानेर भक्तजनको आगमन ठम्याउन सकिन्थ्यो । त्यो ठम्याइ तल–माथि हुन सक्थ्यो ।

अब भने अन्दाज गरेर भन्नुपर्ने बाध्यता छैन । कसरी ? हलेसी गुफाको प्रवेशद्वारनजिकै ‘पिपुल काउन्टिङ मेसिन’ जडान गरिएको छ । मेसिनले हलेसी गुफा प्रवेश गर्नेको तथ्यांक संकलन गर्छ । हलेसी गुफा प्रवेश गर्नेको तथ्यांक संकलन गर्ने भएपछि हलेसी गुफा प्रवेश गर्नेको तथ्यांक संकलन गर्न सजिलो भएको हो ।

‘पिपुल काउन्टिङ मेसिन’को ढोकाबाट हलेसी गुफा प्रवेश नगर्नेको तथ्यांक भने संकलन गर्न मिल्दैन । त्यही ढोकाबाट प्रवेश गर्नेको तथ्यांकमात्रै कम्प्युटरमा ‘रेकर्ड’ हुने हलेसी सूचना केन्द्रले जनाएको छ ।

माछापुच्छ्रे बैंक हलेसी शाखाको सहयोगमा राखिएको ‘पिपुल काउन्टिङ मेसिन’ हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख बिमला राईले हालै उद्घाटन गरेकी थिइन् । नगरप्रमुख राईले रिबन काटेर उद्घाटन गर्नसाथ ‘पिपुल काउन्टिङ मेसिन’ सञ्चालनमा आएको हो ।

मेसिन जडान गरिएपछि हलेसी आइपुगेका भक्तजनको तथ्यांक राख्न माछापुच्छ्रे बैंक हलेसी शाखाले सजिलो बनाइदिएको भन्दै नगरप्रमुख राईले खुसी व्यक्त गरिन् । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले हलेसी गुफा प्रवेशद्वारनजिकै ‘पिपुल काउन्टिङ मेसिन’ जडान गरेको हो । उसले सामाजिक उत्तरदायित्वअन्तर्गत हलेसीमा उदाहरणीय काम गर्दै आएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राई, उपप्रमुख रमेशकुमार राउत, विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, इलाका प्रहरी कार्यालय हलेसी प्रमुख सुनील धाँजू, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, होटल व्यवसायी संघ अध्यक्ष प्रकाशचन्द्र गिरीलगायतको बाक्लो उपस्थितिमा ‘पिपुल काउन्टिङ मेसिन’ उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्