आदिवासी अधिकार सुनिश्चिततामा सहकार्य



नेपालमा राणाकालीन कालो युुग र पञ्चायती व्यवस्थाबाट लोकतन्त्रको पारिलो घाम बनेर गुुम्सिएका र दबिएका नेपालीजनको आवाजलाई खुुला आकाशमा मन फुुकाउनेगरी आफ्ना आवाज बोल्न सक्ने वातावरण र परिवर्तनको शंखघोष गर्दै नेपालको राजनीतिले कोल्टो फेर्नेक्रममा दलहरूको लामो त्याग, तपस्या र बलिदानपश्चात् परिवर्तनमा उज्यालोको बिहानी र कालो दिन अन्त्य गर्न सफल भएको छ ।

यो परिवर्तनको मुुक्तकण्ठले प्रशंसा गर्न सकिन्छ । यसै परिवर्तनको प्रतिविम्बका रूपमा राणा र पञ्चायती शासन र उनका हालीमुुहाली पारिवारिक सत्ताबाट मुुलुुकलाई बाहिर निकाल्न र जनताका हातमा सत्ता सुुम्पन एकात्मक सत्तालाई सत्ताच्यूत गर्न आमनेपालीले बलिदानी र तपस्या गर्न परेको इतिहासका पानामा स्वर्ण अक्षरले नमेटिनेगरी लेखिएको छ ।

सो परिवर्तनलाई संस्थागत गर्न राजनीतिक दल र नागरिकको जुुन चाहना र आकांक्षालाई नेपाली पत्रकारिता जगत्ले पनि उत्तिकै त्याग गरेको छ । राजा महाराजाको भजन गाउने सरकारी मिडियाले नागरिकको आवाज बोल्न सक्ने अवस्था थिएन । तर, आजका दिनमा त्यो बाधाहरू पन्छिदै गएको छ । आजका दिनमा स्वतन्त्र मिडियाले नागरिकको आवाज बन्दै गए पनि यथोचित रूपमा नागरिकले न्याय पाउन सकेका छैनन् । मिडिया हुुने–खानेका लागि मात्र बन्दै आएको नागरिकले गुुनासो गरिरहेका छन् । यसको जवाफ मिडियाले व्यवहारबाट दिन आवश्यक छ ।

यद्यपि, आमसञ्चार विधेयकले सार्वजनिक, सामुुदायिक र निजी मिडियाको अवधारणा बोके पनि कार्यान्वयन पक्षले सार्थक रूप लिन सकेको छैन । नेपाली पत्रकारिताले यस्ता सबै परिवर्तनलाई संस्थागत गर्न र प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको यात्रा तय गर्न नेपाली मिडियाले ‘रोल प्ले’ गर्न अहम् भूमिका खलेको कुुरा कसैले नकार्न सक्दैन ।

विश्वमा मिडियाको विकास सन् १४४० तिर जोहानेस गुुटेनवर्गले छापा माध्यम सुुरु गरेपछि भएको मानिन्छ । यसबाट सुुरु भए पनि विकसित र व्यावसायिक बन्न नेपाली मिडियाले सफलता प्राप्त गर्न सकेको छैन । त्यो हदमा पुुग्न नसके पनि बामे सर्ने अवस्थामा पनि मिडियाले आफू बाँच्न कठिन भएका बेला नागरिकलाई सुुुसूचित गर्न कुुनै कसर बाँकी राखेको छैन । यद्यपि, केही समस्याबाट आज पनि गुुज्रेको अवस्था छ । यसका बाबजुुद नेपाली मिडियाले र आमसञ्चारमाध्यमको विकास हुुँदै गर्दा नागरिकका सूचनाको पहुुँच बढेको अवस्था छ ।

जसकारण कुुनै पनि बेथिति सहज ढंगबाट मौलाउने अवस्था विगतभन्दा रोकिएको छ । अर्को अर्थमा मिडियाका कारण समाजको बेथिति धेरै निम्तिएका छन् । जो हिजोका दिनमा हरेक घटना बाहिर आउने अवस्था थिएन । यस यात्रामा २०४६ पछिको परिवर्तन, जनयुुद्ध, जनआन्दोलन सफल बनाउन र नागरिकको लामो संघर्षपछिको परिवर्तनमा मिडियाले राम्रो भूमिका खेले । फलस्वरूप ०५२ पछाडि निजी मिडिया स्थापना हुँदै गर्दा मूलधारको पत्रकारितामा आदिवासी जनजातिको पहुुँच निकै कम थियो । आजका दिनमा मिडिया हाउसको अवस्था, नेपाल पत्रकार महासंघ तथा विभिन्न राजनीतिक दलमा आस्था राख्ने पत्रकारको संस्थामा आदिवासी जनजाति पत्रकारको उपस्थिति कम भएको अवस्थामा तत्कालीन अवस्थामा चन्द्रसिं कुुलुुङको नेतृत्वमा आदिवासी जनजाति पत्रकार संघ (अनिज) ०५६ साउन २७ मा स्थापना भयो । यसरी आदिवासी जनजाति कुुलमा जन्मेर पत्रकारिता गर्दै आएका केही अग्रज पत्रकार मिलेर स्थापना गरी आदिवासी जनजाति समुुदायको अवस्था पछाडि परेका वर्ग समुुदायको आवाज मुुखरित गर्न अनिजले काम गर्दै आएको थियो ।

पछिल्लो समय आदिवासी जनजाति पत्रकारमा जातीय पत्रकारलाई समेट्दै आदिवासी जनजाति पत्रकार महासंघ परिकल्पना गरी पोखराको पाँचौं महाधिवेशनबाट डण्ड गुुरुङको नेतृतवमा आदिवासी जनजाति पत्रकार महासंघमा परिणत हुुँंदा फोनिजमा रूपान्तरण भएको थियो । यसको स्वदेशदेखि विदेशसम्म शाखा स्थापना भएका छन् । फोनिजप्रति आदिवासी पत्रकारको आकर्षण लोभलाग्दो छ । अहिले फोनिजवादको नारा बोकेर अन्य पत्रकार संस्थाजस्तै अगाडि बढ्न सफल भएको छ । करिब चार हजार बढीको संख्यामा आदिवासी पत्रकार स्थानीय तथा नेपालका मूलधारका मिडियामा काम गर्दै आएका छन् । यहीक्रममा संविधानले परिकल्पना गरेको संघ, प्रदेश र स्थानीय तह बन्दा संविधानको परिकल्पना साकार बनाउन सातै प्रदेशमा फोनिज स्थापना भएको छ ।

लुुम्बिनी प्रदेशमा पनि अधिकांश जिल्लामा फोनिज जिल्ला शाखा स्थापना भएका छन् । यसमध्ये फोनिज रुपन्देहीले सशक्त रूपमा आफ्नो उपस्थिति दर्ज गरेको छ ।

यस प्रदेशमा १२ वटै जिल्लामा फोनिज स्थापना हुुनेक्रममा छ । जसले नेपाली लोकतन्त्र, समावेशिता र नेपालको विविध आन्दोलनको फलस्वरूप स्थापित संविधानले गरेको परिकल्पना साकार बनाउन ठूलो मद्दत गरेको छ । फोनिज लुुम्बिनीको प्रथम अधिवेशन २०७६ मंसिर १६ गते हुँदा मात्र आठ जिल्लामा समिति थियो । हाल क्रमशः प्रदेशका १२ वटै जिल्लामा फोनिजको संगठन विस्तार भएको छ । कोभिडका कारण विभिन्न अभियान नभए पनि संस्थागत संरचनाले पूर्णता पाउन सफल भएको छ ।

रुपन्देहीमा स्व. देबबहादुुर पाटाको नेतृत्वमा अनिज स्थापना भएको थियो । सो समयमा आदिवासी जनजाति पत्रकारको जनसंख्या कम भए पनि अभियानका रूपमा स्थापना भएको हो । स्व. पाटाले स्थापना गरेको र उनले देखाएको बाटोमा करिब १०० जना आदिवासी जनजाति पत्रकार विभिन्न मिडियामा आंशिक तथा पूर्णकालीन रूपमा काम गर्दै आएका छन् । अधिकांश रेडियोमा कार्यरत छन् । केही टीभी, अनलाइन, छापा माध्यममा काम गर्छन् । स्व. पाटाले संस्थागत रूपमा दुुई कार्यकाल नेतृत्व गरे । जसबाट आदिवासी जनजाति पत्रकार जन्माउने, प्रशिक्षित गर्ने र आदिवासी जनजाति मुुद्दामा मूलधारका मिडियाले समेट्न नसकेको, दृष्टि नपुुगेको अवस्थामा यसलाई उजागर गर्ने र मुद्दा स्थापित गर्ने काम भएको थियो ।

भीमप्रसाद गुुरुङको नेतृत्व पनि सोहीअनुुसार दुुई कार्यकाल चल्यो । मिलन गाहाको नेतृत्वमा आउँदासम्म फोनिजले आदिवासी जनजाति पत्रकारलाई एकीकृत गर्ने, प्रशिक्षित गर्ने र फोनिजलाई नयाँ उचाइमा लैजाने काम थालियो ।

स्व. पाटालाई चीरस्थायी बनाउन संस्थापक अध्यक्ष देवबहादुुर पाटामगरको सम्झनामा स्व. देबबहादुुर पाटा पत्रकारिता पुुरस्कार स्थापना गरी हरेक वर्ष फोनिज स्थापना दिवसको अवसर पारेर क्रियाशील पत्रकारलाई सो पुुरस्कार तथा सम्मान प्रदान गरिँदै आएको छ । पाँच हजार रुपियाँबाट सुुरु गरिएको सो पुुरस्कारको राशि ११ हजार पुुगेको छ । यसलाई अझ बढाउँदै लैजाने फोनिज रुपन्देहीको अभियान छ । वर्तमान फोनिज नेतृत्व सोनुु थापाले गरेकी छन् । फोनिजलाई उचाइमा लैजान सबै साधारण सदस्य तथा अग्रजको योगदान ठूलो छ । भविष्यमा यसको वृहत्तर विकास गरी साझा थलोका रूपमा विकास गर्न सबैको प्रयास अपरिहार्य छ ।

फोनिजलाई सरकारी संस्था, गैरसरकारी संस्था र पत्रकारितासँग सम्बन्धित संस्था र आमनागरिकसँग जोड्ने र सबैको भरोसालाई जोड्दै नागरिकको जीवनस्तर उकास्न आदिवासीका आवाजलाई मुुखरित गर्न र स्थापित गरी मूलधारमा पुर्याउन हामी सबैको साझा प्रयास चाहिन्छ । मिडिया कर्मबाट नेपाल र नेपालीको भविष्यलाई आत्मनिर्भर बनाउँदै संविधानले परिकल्पना गरेको सुुखी नागरिक, समाजवादउन्मुुख नेपाल र समृद्ध नेपाल निर्माणमा फोनिजको भूमिका महत्वपूर्ण हुन्छ । फोनिज रुपन्देहीको हरेक अभियानलाई यहाँका जातीय संस्था, नागरिक समाज, सरकारी तथा गैरसरकारी संस्था, विभिन्न व्यावसायिक संस्थाले फोनिजलाई गरेको सहयोग अतुलनीय छ । त्यसका लागि सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । आगामी दिनमा पनि यस्तै सहकार्य, साथ र सहयोग प्राप्त भइरहोस् । आदिवासी जनजातिको हक–अधिकार सुनिश्चितताका लागि सबैसँगको समन्वय, सहकार्य र प्रतिबद्धताको खाँचो छ । त्यसमा सबैले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्