दमौली पुगेर नेता पौडेलले भने– काँग्रेसको मेरुदण्ड युवा



दमौली (तनहुँ) । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा तरुण युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल तरुण दल भानु नगर समितिले गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेताले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए ।

नजिकिँदै गरेको स्थानीय तह निर्वाचनमा काँग्रेसलाई जिताउन युवाहरू एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो । “युवा भनेका काँग्रेसको मेरुदण्ड हो,” उनले भने, “काँग्रेसलाई जिताउन एक भएर लाग्नुपर्छ ।”

काँग्रेसले जितेमात्रै देशको विकास सम्भव रहेको उनको जिकिर थियो ।

केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँ विकासका निमित्त काँग्रेसले जित्नुपर्ने धारणा राखे ।

निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेले विधानअनुसार पार्टीले निर्वाचनको टिकट दिने भएकाले कोही व्यक्तिको पछाडि लाग्नुको औचित्य नभएको प्रस्ट्याए ।

प्रतिक्रिया दिनुहोस्