अदुवा प्रयोग गर्दा हुने २१ फाइदा



अदुवा उत्पादनमा भारत र चीनपछि नेपाल संसारमै तेस्रो स्थानमा पर्छ । नेपालको माटो र हावापानी अदुवाका लागि सुहाउँदो छ । अरू खेती नहुने पाखोबारीमा हुने, बाँदरले नखाने, रोग पनि धेरै नलाग्ने, वनको स्याउलालाई मलका रूपमा प्रयोग गर्न सकिने हुँदा अदुवा नेपालका लागि प्रकृतिको वरदान हो ।

नेपालका पहाडी जिल्लामा खेती अदुवा गरिन्छ । नेपाल अदुवा प्रोफाइल २०१६ को अनुसार ९४ प्रतिशत नेपाली कच्चा अदुवा भारत निकासी हुन्छ । भारतले नेपालबाट अदुवा लगेर प्रशोधन गरी तेस्रो मुलुकलाई बेच्ने गर्छ ।

अदुवाबाट सुगन्धित तेल निकाल्न सकिन्छ । यो तेल औषधि, अत्तर, साबुन, मसलालगायत धेरैमा प्रयोग गरिन्छ । तेस्रो मुलुक निर्यात गर्दा अदुवाभन्दा यसको तेल धेरै सजिलो हुन्छ किनकि एक सय किलो अदुवाको डेढ/दुई लिटर तेल आउँछ । तेल निकालेर बाँकी रहेको अंशबाट अदुवामा हुने तत्व निकाल्न सकिन्छ, जसलाई ‘ओलिगोरेजिन’ भनिन्छ । यसमा अदुवाको औषधीय र मसला गुण दिने तŒव आउँछन् । बाँकी छोक्रा मलका रूपमा प्रयोग गर्न सकिन्छ । ‘नेपाल अदुवा प्रोफिल २०१६’ का अनुसार नेपाली एक सय केजी अदुवाको ५–६ केजी रेजिन आउँछ ।

नेपालमा पनि धेरै तेल आउने जातका अदुवा लगाउनुपर्छ । नेपाली अदुवामा धेरै रेशा हुन्छन् । रेशा नहुने अदुवा लगाउनुपर्छ । अदुवालाई देशभर ‘टिस्युकल्चर’ गरेर फैलाउन सकिन्छ । अदुवाको जिन (वंशाणुगत गुण) मा सुधार गरेर तेल र रेजिन धेरै उत्पादन हुने अदुवा देशभर लगाउनु आवश्यक छ ।

अदुवाबाट तेल र रेजिन निकाल्ने प्रविधि विकास भइसकेको छ । प्रत्येक गाउँपालिकामा कम्तीमा एउटा तेल र रेजिन निकाल्ने प्रविधि जडान गर्ने हो भने किसानले अदुवा फाल्नुपर्दैन । तेल र रेजिन दुई/तीन वर्षसम्म सञ्चय गर्न सकिन्छ । जुन बेला बजारभाउ पाइन्छ, त्यहीबेला बेच्न सकिन्छ । अदुवाबाट अत्तर, साबुन, स्याम्पुु, कपालमा लगाउने तेल, मलहम बनाउन सकिन्छ ।

अदुवाको तेल प्रयोग गर्दा हुने २१ फाइदा

–अदुवाको तेलले चिन्ता घटाउने ।

–विषाक्त खानाकुरा खाँदा दुखेको पेट ठीक पार्ने ।

–श्वासप्रश्वाससम्बन्धी समस्या (रुघा, खोकी, कफ, दम) निको पार्ने ।

–महिनावारी हुँदाको दुखाइ कम गर्ने ।

–बाथले हाडजोर्नी दुख्दा प्रयोग गर्न आराम हुने ।

–कीटाणु संक्रमणबाट जोगाउने ।

–सकारात्मक उत्प्रेणा दिने ।

–मुखको दुर्गन्ध हटाउने ।

–मलेरियाबाट जोगाउने ।

–बूढो हुने प्रक्रिया ढिलो गराउने ।

–पिनास ठीक गर्ने ।

–दुखाइको पीडा घटाउने ।

–रोग प्रतिरोधात्मक शक्ति बढाउने ।

–कलेजोलाई स्वस्थ राख्ने ।

–मुटु स्वस्थ राख्ने ।

–कोलस्ट्रोल घटाउने ।

–नपुंशकता र शीघ्रपतन हटाउने ।

–पत्थरी पगाल्ने ।

–कपालको चाया हटाउने ।

–दाद–लुतोलगायत छालाको समस्या हटाउने ।

–क्यान्सर हुन कम गराउने ।

प्रतिक्रिया दिनुहोस्