प्रेमको कथा भोको हुन्छ अघाएरै लेखे पनि



अतीत होस् या वर्तमान यति खेरै लेखे पनि
तिमी किन दुख्छौ सानु कथा मेरै लेखे पनि ।

जिन्दगीको तालमा लेख्छु बेतालमा झनै लेख्छु
लेख्दै जाँदा थोरै हुन्छ धेरै लेखे पनि ।

तिम्रो अतीत के हो भन लेख्नै हुन्न गजल मैले
मत्लाभित्र तिम्रो आँसु चाहे शेरै लेखे पनि ।

भावनामा मेरो गजल तिमी रुनु संयोग होला
माफ गर यस्तै हुन्छ नचाहेरै लेखे पनि ।

हेर सानु सम्झौतामा बाँच्न सिक यो जिन्दगी
प्रेमको कथा भोको हुन्छ अघाएरै लेखे पनि ।

प्रतिक्रिया दिनुहोस्