त्यहाँ बग्छन् जोरकोसी यहाँ भिज्छ रुमाल


सन्चै छु यावाची हौ ! दुखेको म छैन
दुखियाको मुग्लानमा दुख्ने रोगै छैन ।

खरुकीको बुटाभरि जस्तो दुख्थ्यौँ हामी
छैन यहाँ दुख्ने ठाउँ जता चिमोटे नि
दुखे बरु पीर दुख्छ राघेभीर दुख्छ
सगरमाथाभन्दा उँचो माया एक्लै दुख्छ ।

अझै पनि फुल्दै होलान् बूढो चुवा चिमाल
त्यहाँ बग्छन् जोरकोसी यहाँ भिज्छ रुमाल
सुके बरु मूल सुक्छ आँखा कहाँ सुक्छ
सगरमाथाभन्दा उँचो माया एक्लै दुख्छ ।

प्रतिक्रिया दिनुहोस्