खार्मीमा सामूहिक बेसार खेती : उँभो लाग्ने मति



खार्मी (खोटाङ) । कृषक समूह गठन गरेर साबिक खार्मी–९ तुर्खाका स्थानीयले सामूहिक बेसार खेती थालेको थुप्रै भएको छ । सामूहिक बेसार खेतीबाट हात लागेको कुल आम्दानीको २० प्रतिशत रुपैयाँ सामाजिक रूपान्तरणमा खर्चिने उद्देश्य त्यत्तिकै लोभलाग्दो छ ।

बेसारको आम्दानीले प्राकृतिक विपत्ति, निम्न आयस्तर भएका परिवार, असहाय तथा वृद्धवृद्धालाई सहयोग गर्ने परोपकारी काम सुन्दा कानै पवित्र हुन्छ । समाजमा आइपर्ने आपतविपतमा तत्काल सामूहिक सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले बेसार खेती थालिएको तुर्खावासीको भनाइ छ ।

खेतीयोग्य जमिन बाझिँदै गएको अवस्थामा बेसार खेती गरेर बाँझो जमिन सदुपयोग गरिएको छ । सामूहिक रूपमा बेसार खेतीका लागि स्थानीय रजिन राई, कुमारी राई, नइन्द्र राई र अमृतबहादुर राईले १६ रोपनी जग्गा उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्