दुर्छिम (खोटाङ) । हिजोआज व्यावसायिक रूपमा बाख्रा पाल्ने बढ्दै गएका छन् । कोही सरकारी जागिर छाडेर बाख्रा पालेर रमाइरहेका छन् भने कोही भैँसी बेचेर बाख्रा पाल्न थालेका छन् ।
गाउँघरमात्रै होइन, सहर–बजारका युवासमेत बाख्रा पाल्न आकर्षित देखिएका छन् । पछिल्लो समय व्यावसायिक रूपमा बाख्रा पाल्नेको लहर चलेको छ । हुन पनि हो, बाख्रा पालेर मासिक ५० हजार आम्दानी गर्नेको सफलताको कथा सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण भइरहेका छन् ।
पूर्वस्वास्थ्यमन्त्री गगन थापामात्रै होइन, बुद्ध एयरका प्रमुख सुरेन्द्रबहादुर बस्नेतले समेत व्यावसायिक रूपमा बाख्रा पालेर मनग्य आयआर्जन गर्दै आएका छन् । भन्नेले बाख्रा पालनलाई राम्रो व्यवसायका रूपमा लिएका छन् । उनीहरूको दाबी छ, ‘यो व्यवसायमा पर्याप्त सम्भावना छ ।’
सम्भावना छ भनेर आँखा चिम्लेर व्यवसाय थाल्नुहुँदैन । बाख्रा पाल्ने व्यवसाय थाल्नुअघिका पूर्वतयारीबारे जान्न आवश्यक छ । बाख्रा पाल्न थाल्नुुअघि २४ कुरा थाहा पाए यो व्यवसायमा सफल बन्न सकिन्छ । बाख्रा पाल्नेले व्यवसाय थाल्नुअघि जान्नैपर्ने २४ कुरा :
(१) गोठ/खोर नराम्रो भयो भने पर्ने समस्या ।
(२) गोठ/खोरको नमुना ।
(३) बाख्रा खरिद गर्दा उसको उमेर ।
(४) नश्ल सुधारको सिद्धान्त ।
(५) बाख्रा छनोट तथा प्रजनन विधि ।
(६) बियाडे बोका तथा खसी पार्ने उमेर ।
(७) भर्खर जन्मेका पाठापाठीको हेरचाह ।
(८) ब्याउनेबित्तिकै माउ मरे के गर्ने ?
(९) पाचन प्रणाली ।
(१०) बाख्राको दाना र खुवाउने मात्रा ।
(११) पशुले बढी अनाज खाँदा के हुन्छ ?
(१२) हरियो घाँस ।
(१३) घास लगाउने तरिका ।
(१४) भैंघाँस ।
(१५) डालेघाँस ।
(१६) मिश्रित घाँसखेती ।
(१७) उन्नत घाँस कुन–कुन हुन् ? त्यसबारे संक्षिप्त जानकारी ।
(१८) हरियो घाँसको दीर्घकालीन भण्डारण ।
(१९) बाख्रामा बाँझोपन ।
(२०) बाख्रालाई बढी पानीको आवश्यकता ?
(२१) प्रमुख रोग र तिनका लक्षण ।
(२२) उपचार र विधि ।
(२३) घरेलु उपचार विधि ।
(२४) नियमित खोप ।