चाल्र्स डार्बिन ब्रिटेनका प्रकृति–वैज्ञानिक थिए । उनले जीवको क्रमिक विकासको सिद्धान्त प्रतिपादन गरेका थिए । उनको खोजभन्दा पहिले के विश्वास थियो भने धर्तीमा फरक–फरक जीवको उत्पत्ति फरक–फरक रूपमा भएको हो । यिनीहरूको मूल रूपमा केही पनि परिवर्तन भएको छैन । उनले यस धारणालाई गलत सिद्ध गरे । आफ्नो अध्ययनका आधारमा ती सम्पूर्ण जीवको आजको रूप कुनै एक सरल प्राणीबाट भयो, जो करोडौँ वर्षपूर्व धर्तीमा जन्मेको थियो । त्यस प्राणीबाटै सम्पूर्ण बोटबिरुवा र जीवजन्तु उत्पत्ति भयो । र, एक क्रमिक विकासअन्तर्गत तिनीहरूले आजको रूपधारण गरे ।
चाल्र्स डार्बिनको जन्म सन् १८०९ मा सुजबरीमा भएको थियो । करिब आठ वर्षको उमेरदेखि उनको हेरचाह ठूली दिदीले गरेकी थिइन् । बाल्यकालमा कीराफट्याङ्ग्रा र किसिम–किसिमका खनिज एकत्र गर्न उनलाई मन पथ्र्यो । उनी रसायनशास्त्रको सरल प्रयोग पनि गर्थे । सोह्र वर्षको उमेरमा उनलाई आयुर्विज्ञान अध्ययनका निम्ति एडिनबरा विश्वविद्यालय पठाइयो । तर, यिनी यति धेरै संवेदनशील थिए कि शल्यचिकित्सालाई देखेर उनी भयभित हुने गर्थे । जहाँ चिकित्साशास्त्र अध्ययनका निम्ति एक किसिमको कमी थियो । त्यतिबेला बेहोश गर्ने औषधि आविष्कार भएको थिएन । सबै किसिमका अपरेसन निर्दयीपूर्ण तरिकाले गरिन्थ्यो । यी सबैलाई देखेर उनी आयुर्विज्ञान अध्ययनमा सफल हुन सकेनन् ।
सन् १८२८ मा उनले एडिनबरा विश्वविद्यालय छाडे । डार्बिन अध्यात्मशास्त्र पढ्नका निम्ति क्याम्ब्रिज पठाइए । क्याम्ब्रिज विश्वविद्यालयमा उनले अध्ययनको विषय अध्यात्मशास्त्रमा कुनै विशेष ध्यान दिएनन् बरु जीवजन्तुका भु्रण एकत्र गर्नमा लागिरहे । आफ्नो विषय अध्यात्मशास्त्रमा केवल उनले यतिमात्र अध्ययन गरेका थिए, जुन स्नातकोत्तर पूरा गर्न पर्याप्त थियो तर यस अध्ययनको बेला चाल्र्स डार्बिनको वनस्पतिशास्त्र र भूगर्भशास्त्रका कैयौँ प्रोफेसर मित्र बने ।
सन् १८३१ मा उनको भाग्योदय आरम्भ भयो । यही वर्ष बेलायतको बिगल नामक समुद्री जहाजलाई संसारको वैज्ञानिकयात्रामा गइरहेको थियो, जसमा एकजना प्रकृति–वैज्ञानिक आवश्यक थियो । यो यात्रा क्याप्टेन फिज रायको नियन्त्रणमा सम्पन्न हुँदै थियो । उनका क्याम्ब्रिज विश्वविद्यालयका दुईजना साथीले यस पदका निम्ति चाल्र्स डार्बिनको नाम अगाडि सारेका थिए । चाल्र्स डार्बिन सो यात्रामा गए । सो यात्रा करिब पाँच वर्षसम्म निरन्तर जारी रह्यो ।
यात्राको बेला डार्बिनले विश्वका अनेकौँ जीवजन्तुको विषयमा अध्ययन गरे । उनले अनेकौँ विलुप्त जीवको अवशेष जम्मा गरे । यी अवशेषसँग जीवित प्राणीको तुलना गरे । उनले गालापगोस द्वीप समूहमा गोही, कछुवा, इगुनाओको अध्ययन गरे । ती जन्तु देखेर उनी आश्चर्य–चकित भए । डार्बिनले यस द्वीपमा रहने गरेका जन्तु अन्य द्वीपमा रहने गरेका जन्तुभन्दा केवल आकारमा मात्र भिन्न भएको देखेका थिए । यो निरीक्षणले उनलाई विकासवाद सिद्धान्त प्रस्तुत गर्न सहयोग पु¥यायो ।
विश्वयात्राबाट फर्केपछि डार्बिन केही दिन बेलायत बसेका थिए । उनले बेलायत बस्दा (यात्रा अनुभूति) अनुभव लेखेका थिए । उनले संकलन गरेका नमुनाको ठूलो खजना थियो । सन् १८३९ मा उनले ऐम्भावेजुवड नामकी महिलासँग विवाह गरे । सन् १८४४ मा उनी केन्ट फर्किए । यस अवधिमा उनलाई अल्फ्रेड रसेल बेलेस नाम गरेका प्रकृति–वैज्ञानिकबाट एउटा पत्र प्राप्त भयो । जसमा बेलेसले पनि विकासवाद विषयमा त्यही निष्कर्ष निकालेका थिए, जो चाल्र्स डार्बिनले निकालेका थिए । यी दुवै वैज्ञानिकले सन् १८५८ मा संयुक्त शोधपत्र प्रस्तुत गरे । सन् १८५९ मा उनले प्रसिद्ध पुस्तक ‘अ ओरिजन अफ स्पिसिज बायो नेचुरल सेलेक्सन’ प्रकाशित गरे, जसको प्रथम संस्करण छापिएको केही दिनमै बिक्री भयो ।
पुस्तकमा उनले आफूसँग संकलित नमुनाका आधारमा आजको जीवका अनेक रूप कुनै एउटै पूर्वजबाट विकसित भएका हुन् भन्ने प्रमाणित गरेका थिए । उनले के पनि बताए भने जीवनसंघर्षक्रममा उपयुक्त प्राणी मात्र जीवित रहन्छ, अरू मर्छन् । अर्थात् प्राणीबीच बाँच्नका निम्ति संघर्ष हुने गर्छ । चाल्स डार्बिनको निष्कर्ष के थियो भने एउटै पूर्वजबाट उत्पन्न प्राणी वातावरण प्रभावले बिस्तारै परिवर्तन हुँदै गए र आजका रूपमा विकसित भए ।
जीवहरूको उत्पत्ति विषयमा प्रचलित धार्मिक विचारको खण्डन गरेका कारण डार्बिनको यो पुस्तकले हलचल मच्चायो । पुस्तकमा प्रकाशित विचारलाई सम्पूर्ण वैज्ञानिकले मान्यता दिए । सन् १८६८ मा चाल्र्स डार्बिनले अर्को पुस्तक ‘द बेरियेसन अफ एनिमल्स एन्ड प्लान्ट्स अर्डर डोमेस्टिकेसन’ प्रकाशित गरेका थिए । पुस्तकमा चुनिएका जन्तुलाई चयन गरेर परेवा, कुकुर र अन्य जनावर पक्षीका कैयौँ नश्ल उत्पादन गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरे । यही प्रकारले अन्य बोटबिरुवाको नश्ल पनि उत्पादन गर्न सकिन्छ भन्ने तथ्य प्रमाणित गरे । उनले अन्य कैयौँ पुस्तक पनि लेखेका छन्, जसमा ‘इनसेक्टिवोरअस प्लान्ट्स’, ‘द पावर अफ मुभमेन्ट इन प्लान्ट’, ‘डिसेन्ट अफ म्यान’ प्रसिद्ध रहेका छन् ।
यस महान् वैज्ञानिकको १९ अप्रिल १८८२ मा चौहत्तर वर्षको उमेरमा निधन भयो । उनको शव बेस्ट मिनिस्टेर ऐवमा गाडियो । उनको समाधिभन्दा पर न्युटनको समाधि छ । उनका उन्नाइसजना बच्चा थिए, जसमा केवल सातमात्र बाँचेका थिए । उनका चार छोराछोरी उच्च श्रेणीका वैज्ञानिक भए, जसमध्ये तीनजनालाई आफ्ना पिताजस्तै रोयल सोसाइटी अफ लन्डनको फेलो नियुक्त गरियो ।