संघीयताको सबलीकरण र सरकारहरूबीच समन्वय विज्ञमा उपमेयर राई


च्यास्मिटार (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका नगर उपप्रमुख बिमला राई ‘संघीयताको सबलीकरण र सरकारहरूबीच समन्वय’ विषयगत समिति विज्ञका रूपमा नियुक्त भएकी छन् ।

काँग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत ‘संघीयताको सबलीकरण र सरकारहरूबीच समन्वय’ विषयगत समिति विज्ञका रूपमा हलेसी तुवाचुङ नगरपालिकाका नगर उपप्रमुख राईलाई नियुक्त गरेको हो ।

‘प्रतिष्ठानको प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषयगत संयोजकको समन्वयमा रही सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पुर्याउनुहुनेछ,’ काँग्रेस उपसभापति विमलेन्द्र निधिले नियुक्तिपत्रमार्फत भनेका छन्, ‘विषयगत विज्ञमा नियुक्त हुनुभएकोमा बधाइ दिन्छु ।’

‘संघीयताको सबलीकरण र सरकारहरूबीच समन्वय’ विषयगत प्रमुखमा पार्टी उपसभापति विमलेन्द्र निधि रहेका छन् ।
यसैगरी, डा. जगदीशचन्द्र पोखरेल विषयगत निर्देशक र डा. रुद्र शर्मा संयोजक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्