झापाली किस्सा–१
दाँत बचाउने तीन तरिका
(१) दिनको दुईपटक दाँत माझ्ने
(२) गुलियो खान बन्द गर्ने
(३) झापालीसँग बोल्दा मुख सम्हालेर बोल्ने
झापाली किस्सा–२
टिपर, कोरोना र झापालीसँग
कहिल्यै मजाक नगर्नू
ज्यान जान सक्छ ।
झापाली किस्सा–३
गुहार प्रभु
जंगल आएको छ
झापाली कवि
झापाली किस्सा–४
एकजना झापाली कोभिड जाँच गराउन अस्पताल गएर डाक्टरलाई सोधेछ, ‘पैसा कति लाग्छ ?’
डाक्टर : १५ हजार रुपैयाँ ।
झापालीले मास्क खोलेछ । डाक्टरमाथि हाच्छिउँ गर्दै भनेछ, ‘तपाईंको रिपोर्ट आएपछि मलाई खबर गर्दिनुहोला । डाक्टर बेहोश ।
झापाली किस्सा–५
एकजना झापालीले चिडियाखाना खोलेछ । प्रवेश शुल्क ५० राखेछ । तर, कोही घुम्न आएनछन् । र, शुल्क घटाएर ४०, ३०, २०, १० हुँदै ५ सम्म झारेछ । तर पनि कोही आएनछन् । अन्त्यमा प्रवेश निःशुल्क गरिदिएछ । निःशुल्क गरेकै दिन थामिनसक्नु भीड भएछ ।
सबैजना चिडियाखानाभित्र पसिसकेपछि उसले मूलगेट बन्द गरी बाघको खोरको ढोका खोलेपछि भनेछ, ‘बाहिर जानका लागि प्रत्येकले ५०० को टिकट काट्नुपर्नेछ ।’
(कृसु क्षेत्रीको फेसबुकबाट)