‘फूलको आकार’मा दुखेको देश


हलेसी (खोटाङ)। साहित्यिक विधामध्ये गजल त्यत्तिकै चर्चित मानिन्छ । मोतीराम भट्टका शब्द शेरमा परिणत भएपछि नेपालमा गजलको सुरुवात भएको थियो । नेपाली साहित्यिक थुपै्र व्यक्ति–व्यक्तित्वले गजल विधामा कलम चलाएर चर्चाको शिखर चुमेका थिए/छन् । एकताका नेपाली साहित्य गजलमय बनेको सर्वविदितै छ ।

हिजोआज पनि गजल लेख्नेको कमी छैन । अघिल्लो पुस्ताका गजलकार ज्ञानुवाकर पौडेल, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, बूँद राना, प्रकट पंगेनी ‘शिव’ हरूले गजल लेख्न छाडेका छैनन् । उल्लिखित गजलकारमात्रै होइन, पछिल्लो पुस्ताका साहित्यानुरागीले जीवनमा दुई/चारवटा भए पनि गजल लेखेकै छन् ।

त्यसमध्ये एक हुन्– हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान सल्लेनीनिवासी गजलकार गंगाकुमारी राई ‘सुम्निामा’ । गजलकार राईले गजल लेखेरै पहिचान बनाएकी छन् । उनको गजलसंग्रह ‘फूलको आकार’को सार्वजनिक भएको थुप्रै भएको छ । यस गजलसंग्रह भित्र १०२ गजल समेटिएका छन् । आशा छ– गजलसंग्रहमा समेटिएका गजलले पाठकको मन जित्नेछ ।

संवत् २०६४ मा ‘सुम्निमाको आँचल’ नामक गजलसंग्रह प्रकाशित भएको थियो । पहिलो गजलसंग्रह प्रकाशनसँगै गजलकारको पहिचान बनाइसकेकी उनको दोस्रो साहित्यिक कृतिले असंख्य पाठकको मन जित्न सकोस् । पाठकको नाताले उनको साहित्यिक यात्रा उज्यालियोस् । लेखिरहने हौसला मिलोस् । हार्दिक शुभेच्छा प्रकट गर्छु ।

पाठकको आँखाबाट हेर्दा गजलकार राईको गजलमा देश, काल, परिस्थितिको समसामयिक चित्रण, जनचेतनामूलक अभिव्यक्ति, संस्कार, संस्कृति, जीवनका आरोह, अवरोध, मानवीय पीडा, आक्रोश, असन्तुष्टि र मायाप्रेमका सुन्दर चित्र कोरिएका छन् । लेख्न त सबैले लेख्छन् तर उनको लेखन कलात्मक लाग्छ । लोभलाग्दो छ । र, भरलाग्दो पनि छ ।

प्रतिक्रिया दिनुहोस्