मंगलटार (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिका–७ मंगलटार वडाध्यक्ष रमेश राउतले नगर सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । वडाध्यक्ष राउतले नगरको आसन्न दोस्रो अधिवेशनमा नगर सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
नेता राउतले काँग्रेस खोटाङ क्षेत्र नम्बर १ का सदस्यको भूमिकामा छन् । संवत् २०६२ मा पाटन संयुक्त क्याम्पस इकाइ समिति सदस्य, सहसचिव हुँदै सचिवको भूमिका निर्वाह गरेका उनी हलेसी तुवाचुङ नगरपालिकाका ११ वडाध्यक्षमध्ये प्रखर वक्ताका रूपमा चिनिन्छन् । नेता राउत अधिवक्तासमेत हुन् ।
हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्ता रहेका उनले आफ्नो समूहबाट पदाधिकारी उम्मेदवारको पनि घोषणा गरेका छन् । घोषित उम्मेदवारमा दिनेश राई, धनकुमार खड्का (उपसभापति), फडिन्द्र राई, केशव श्रेष्ठ (सचिव), लम्बर राई र जुना राई (सहसचिव) रहेका छन् ।
काँग्रेस हलेसी तुवाचुङ नगरपालिकाको दोस्रो अधिवेशन भदौ २७ गते तोकिए पनि असोज ९ गतेसम्म सारिएको थियो ।