छौवा गर्दा तीनप्रकारको धनुकाँड प्रयोग



दुर्छिम (खोटाङ) । लिखित इतिहासभन्दा अगाडिको इतिहासलाई प्राग्इतिहास भनिन्छ । त्यो अध्ययन गर्ने थुप्रै महत्वपूर्ण स्रोतमध्ये एक हो– संस्कृति । जस्तो कि पितृलाई नयाँ अन्न, नयाँ अदुवा चढाउने छौवामा किरातीको आदिम जीवनको स्पष्ट चित्र देख्न सकिन्छ ।

छौवा गर्दा नियामा भन्ने आदिम थलोको उल्लेख हुँदा धनुकाँडले बँदेललाई ताकेको अभिनय गरिन्छ । साल्पा भन्ने प्राचीन थलोको उल्लेख हुँदा कस्तूरी (?) लाई ताकेको अभिनय गरिन्छ । र, घरको उल्लेख हुँदा घरपालुवा सुँगुरलाई ताकेको अभिनय गरिन्छ ।

आदिम सिकारी युगदेखि कृषियुगसम्मको कथा छौवामा सांस्कृतिक अभ्यासका माध्यमबाट भनिन्छ । त्यसक्रममा फरक–फरक तीनप्रकारको काँड प्रयोग हुन्छ ।

प्रतिक्रिया दिनुहोस्