लोकसेवा आयोग अध्यक्षमा खोटाङे पूर्वसचिव


काठमाडौं । उमेश मैनालीको कार्यावधि पूरा भएपछि रिक्त रहेको लोकसेवा आयोग अध्यक्षमा नियुक्तिका लागि पूर्वसचिव माधव रेग्मीलाई सिफारिस गरिएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषद् बैठकले दुबेकोल, खोटाङका पूर्वसचिव रेग्मीलाई अध्यक्षमा नियुक्त गर्न सिफारिस गरेको हो ।

लोकसेवा आयोग पूर्वसचिवसमेत रहेका उनी खोटाङबाट झापाको गौरादल बसाइँ सरेका थिए । झापानिवासी रेग्मी काठमाडौंको अनामनगरमा बसोवास गर्छन् ।

प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्