काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले तीन तहको पाठ्यक्रम तयार गरी उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।
पार्टी स्कुुल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण गर्ने र सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय गरेको हो ।
बैठकले केन्द्रका तर्फबाट उच्च तहका कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, प्रदेश र पालिकास्तरमा माध्यमिक र आधारभूत तहका कक्षा सञ्चालन गर्ने निर्णय गरेको स्कुुल विभागका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए ।
वडा तहमा स्वअध्ययनको संस्कृति विकास गर्ने, पार्टी कार्यदिशाको सम्प्रेषणलाई केन्द्रमा राखेर स्कुलको काम गर्ने, वर्तमान विश्वमा विकसित समकालीन मुद्दाको अध्ययन गरी माक्र्सवादी दृष्टिकोण तयार पार्ने बैठनिष्कर्ष छ ।
अनुसन्धानलाई योजनाबद्ध रूपमा अघि बढाउने, कार्यविधि, आचारसंहिता र वार्षिक कार्ययोजना बनाउने निर्णय गरेको उनले जानकारी दिए । बैठकमा स्कुलका लागि आवश्यक संरचना र पार्टीका जिम्मेवारी लिन निश्चित तहको कक्षा लिनैपर्ने बाध्यकारी वैधानिक व्यवस्थाका विषयमा छलफल भएको थियो ।