नखाएको विष लागे पो, जसपाले पैसा खायो भन्ने को ?



साल्तेम्मा (दुर्छिम) । स्थानीय तह सदस्य निर्वाचनमा पैसा लियो भनेर अफवाह फैलाउनेलाई जनता समाजवादी पार्टी नेपाल हलेसी तुवाचुङ नगर समितिले विभिन्न तरिकाले उपचार गर्ने चेतावनी दिएको छ ।

विनाआधार र प्रमाण जसपाले पैसा खायो भन्दै हिँड्ने वामपन्थी र काँग्रेससम्बद्ध कार्यकर्तालाई प्रमाण जुटाउन नसके कानुनी उपचारबाट तह लगाउने जसपा नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हलेसी तुवाचुङ नगरपालिकामा लोकप्रियता बढ्दै गएकाले जसपाको जनमत घटाउन उद्यत रहेको पार्टीको बुझाइ छ ।

‘पैसा लिएको पुष्टि भएमा हामी कारबाही गर्छौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘तर, विनाप्रमाण हो–हल्ला गर्नेलाई विभिन्न तरिकाले उपचार गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्