नेपाल चेम्बर अफ कमर्स अध्यक्ष मल्लद्वारा हलेसीलाई १ किलो चाँदी



काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले हलेसीमा १ किलो चाँदी चढाएका छन् । श्रीमती कान्ति मल्ल र अध्यक्ष मल्लले हलेसी गुफामा रहेको महादेवको शिवलिंग ढाक्ने जलहरी निर्माणार्थ चाँदी चढाएका हुन् ।

विशुद्ध धार्मिक आस्थाले चाँदी चढाइएको चेम्बर अध्यक्ष मल्लले जानकारी दिए । मल्ल दम्पतीले व्यक्तिगत रूपमा चढाएका चाँदीबाट शिवलिंग ढाक्ने जलहरी बनाइने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले जानकारी गराए ।

३२ वर्षदेखि सफल व्यवसायीका रूपमा ख्यातिप्राप्त मल्लले चेम्बरको कार्यालयमा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख राईलाई १ किलो चाँदी आइतबार हस्तान्तरण गरेका हुन् । प्राप्त चाँदी नगरप्रमुख राईले हलेसीमा बुझाउनेछन् ।

२०७७ फागुन १४ गते हलेसी दर्शन गर्दा मल्लले १ किलो चाँदी हलेसीमा चढाउने वचन दिएका थिए । उनले दिएको वचन आइतबार पूरा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्