बायुङद्वयको तीन किताब सार्वजनिक


काठमाडौं । लेखक तथा संकलक देवराज युन्बुचा बायुङ राई र दीपक युन्बुचा बायुङ राईको तीन किताब सार्वजनिक भएको छ । देवराजको ‘लोरो सारी तुम्लो हङ सिली’ र दीपकको ‘बायुङ युन्बुचा दके सुकुम्री तुम्लो’ र ‘ब्यारआ तुम्लो’ सार्वजनिक भएको हो ।

किरात बायुङ राई सुम्निखिमले बायुङ राई समुदायभित्र रहेको अलिखित र लोपोन्मुख तुम्लो/यालोलाई दस्तावेज गर्ने क्रममा उल्लिखित किताब संस्थागत रूपमा प्रकाशन गरेको हो ।

किरात बायुङ राई सुम्निखिमको केन्द्रीय सल्लाहकार तुम्लोचा/जेष्ठ नागरिक तेजलाल बायुङ युन्बुचा राई, केन्दीय उपाध्यक्ष प्रेमकुमारी बायुङ राई, केन्दीय सदस्य एवं खोज तथा अनुसन्धान विभाग प्रमुख लोक बायुङ राई, तुम्लोचा र समाजसेवीको गरिमामय उपस्थितिमा तीन तुम्लो किताब सार्वजनिक गरिएको थियो ।

मोलुङ गाउँपालिका–८, देउसुम्बु, ओखलढुंगामा किताब सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्