रास्वपा खोटाङ–काठमाडौं सम्पर्क विभाग सचिव बस्नेत बर्खास्त



दिक्तेल (खोटाङ) । राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङ–काठमाडौं सम्पर्क विभागले विभागका सचिव गणेश बस्नेतलाई बर्खास्त गर्न कोसी प्रदेश महामन्त्रीसमक्ष सिफारिस गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई बदनाम हुनेगरी खोटाङ–काठमाडौं सम्पर्क विभाग सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत गतिविधि गरेकाले कारबाहीका लागि सिफारिस गरिएको हो ।

विभागले कात्तिक २३ गतेबाट लागू हुनेगरी बस्नेतलाई सचिवबाट बर्खास्त गरिएको खोटाङ–काठमाडौं सम्पर्क विभागका संयोजक रुद्र जोशीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

खोटाङ–काठमाडौं सम्पर्क विभाग सचिव गणेश बस्नेत कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंका सभापतिसमेत हुन् । सभापति बस्नेतले मादक पदार्थ खाएर बैठकमा उपस्थित भई गलत अभिव्यक्ति दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्