दुर्छिम (खोटाङ) । तुवाचुङ डटकमको उपसम्पादकमा सोनाम सज्जन किराती नियुक्त भएका छन् ।
समृद्ध सञ्चार प्रालि सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले तुवाचुङ डटकमको उपसम्पादकमा किरातीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
‘विविध विकृत र विसंगत पक्षको चिरफार गर्दै लेखनीबाट उज्यालो चेतना जगाउने प्रयास गर्नेछु,’ नवनियुक्त उपसम्पादक किरातीले भने, ‘तुवाचुङ डटकमलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जाहेर गर्छु ।’
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, दाम्ली खोटाङनिवासी कवि तथा लेखक सोनाम सज्जन किराती दुई वर्षदेखि तुवाचुङ साप्ताहिकमा सशस्त्र जनयुद्धसम्बन्धी आलेख लेख्दै आएका थिए । किरातीले दसवर्षे सशस्त्र जनयुद्धका सकारात्मक र नकारात्मक पाटोबारे आलोचनात्मक टिप्पणी गर्दै आएका छन् ।
सशस्त्र जनयुद्धका साक्षी उनले नाफाको जिन्दगी पाएका हुन् । उनको ‘जनयुद्धमा बिताएका पल’ (२०८०) र नपुंशक स्वर्गको विरुद्ध आगो (कवितासंग्रह २०७२) प्रकाशित छ ।