अनेरास्ववियु (क्रान्तिकारी) खोटाङ अध्यक्ष किराती तीन जिल्लाका इन्चार्ज



दुर्छिम (खोटाङ) । नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्ववियु (क्रान्तिकारी) खोटाङ अध्यक्ष निराजन किरातीको व्यस्तता बढेको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) खोटाङ, भोजपुर र सोलुखुम्बुको इन्चार्जको जिम्मेवारी पाएपछि अनेरास्ववियु (क्रान्तिकारी) खोटाङ अध्यक्ष किरातीको व्यस्तता बढेको हो ।

अनेरास्ववियु (क्रान्तिकारी)को पोखरामा सम्पन्न २२औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यको भूमिका पाएका उनलाई पश्चिम नवलपरासी वर्दघाटको त्रिवेणीमा गत कात्तिक ८ र ९ गते सम्पन्न केन्द्रीय समितिको दोस्रो बैठकले तीन जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको थियो ।

अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले केन्द्रीय सदस्यको क्षमता र लगनशीलता हेरेर कतै दुई त कतै तीन जिल्लाका इन्चार्जको जिम्मेवारी दिएको अनेरास्ववियु (क्रान्तिकारी) खोटाङ अध्यक्ष निराजन किरातीले जानकारी गराए ।

एक वर्षभित्र अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला सम्मेलन गरिसक्ने उनले बताए । उनी गत भदौ २८ गते अनेरास्ववियु (क्रान्तिकारी) खोटाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

पहिल्यैदेखि संलग्न रहे पनि राजनीतिक चेतनाका हिसाबले निराजन किराती संवत् २०६९ देखि राजनीतिमा सक्रिय छन् ।

 

प्रतिक्रिया दिनुहोस्