उडिरै’छ भुँइकुइरो छोपी किरात गाउँ



तानमा धागो तुनेर बैंस खिपुँ कि ?
चर्खा राख्ने सिकुवा दलान लिपुँ कि ?

उसकै मायामा–
‘सिकुरिम्मा’ मै हुँ रे, मै रे ‘तयामा ।

उडिरै’छ भुँइकुइरो छोपी किरात गाउँ
कुइरोकै पछ्यौरी लाग्छ चोरी ल्याउँ

डोरा–डोरा कुइरो भई माया टिपुँ कि ?
उसकै मायामा–
‘सिकुरिम्मा’ मै हुँ रे, मै रे ‘तयामा’

बढिरै’छ पसिना आङमा खल्खली
‘छुइपा’ सार्दा जिस्कन्छ एउटा मतवाली

लाग्छ भागुँ ऊदेखि अन्तै छिपुँ कि ?
उसकै मायामा–
‘सिकुरिम्मा’ मै हुँ रे, मै रे ‘तयामा’ ।

 

प्रतिक्रिया दिनुहोस्