हनिमुन किन भनिएको होला ? किनभने त्यो समयको मीठो अवधि हो । ‘चन्द्रमा’को रूप क्षीण हुन्छ । माहुरीको नयाँ मोम बन्न महिना दिन लाग्छ । चन्द्रमाको रूप महिना–महिनामा चम्कने र सुस्ताउने भइरहन्छ ।
चन्द्रमा चम्किएजस्तै नवविवाहित जोडीको प्रेम, रोमान्स पनि चम्कन्छ । त्यसपछि चन्द्रमा औंसीको रातमा अँध्यारो बनेजस्तै वा सुस्ताएजस्तै प्रेम, रोमान्स निरन्तर घट्दै गएको संकेत गर्छ ।
‘हनिमुन’ शब्दको पछिल्लो प्रयोग मूलतः ‘विवाहपछिको सुखद अवधि’ भनेर बुझिन्छ । त्यसैले छोटकरीमा स्पष्टसित भन्नुपर्दा ‘हनिमुन’ शब्द नवविवाहित जोडीले विवाहपछि प्रजनन क्षमताका लागि मह खाएर तगडा बीज स्वस्थ र सम्भोग राम्रो होस् भन्ने तथ्यबाट आएको हो ।