दुर्छिम (खोटाङ) । हलेसी तुुवाचुङ नगरपालिकाको मेयरका उम्मेदवार तुलसी खम्बू राईले आफूले आफैंलाई मतदान गरेनन् ।
खम्बुवान राष्ट्रिय मुक्ति मोर्चातर्फ मेयरका उम्मेदवार राईले आफूले आफैंलाई मतदान नगरेपछि मत शून्य भएको हो । उनको चुनाव चिह्न हथौडा थियो ।
स्थानीय तह सदस्य निर्वाचनमा हलेसी तुुवाचुङ नगरपालिकाबाट बिमला राई (काँग्रेस), खडेन्द्र राई (एमाले), अन्जिलहाङ राई (जसपा), रुशिका राई (माओवादी केन्द्र), विनेश राई मंगल नेसनल अर्गनाइजेसन र छत्र पुरीले राप्रपाबाट उम्मेदवारी दिएका थिए ।