२० मिनेटमै र्यालबाट एचआईभी परीक्षण


दुर्छिम (साल्तेम्मा) ।  असुरक्षित यौन सम्पर्कका कारण हुने एचआईभी संक्रमणको अचुक औषधि बनिसकेको छैन । विश्वका थुप्रै औषधि उत्पादन गर्ने कम्पनीदेखि स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि विभिन्न संस्था यस काममा लागिपरेका छन् ।

यसका लागि करोडौं रकम यसमा खर्च भइरहेको छ । यद्यपि, पूर्ण सफलता मिलिरहेको छैन । यसलाई रोकथाम गर्ने, धेरै हदसम्म नियन्त्रण गर्नेखालका औषधि भने बनेका छन् । अहिले खानपान, शारीरिक तन्दुरुस्ती र औषधिमा ख्याल पुर्याउन सके एचआईभी संक्रमित पनि पूरा आयु बाँच्न सक्ने अवस्था छ ।

एचआईभी संक्रमण भए या नभएको थाहा पाउने कुराचाहिँ अब धेरै सरल हुन पुगेको छ । ओरा स्योर टेक्नोलजिजले उत्पादन गरेको ओरा क्वीक प्रयोग गरेर २० मिनेटमै एचआईभी संक्रमण भए नभएको थाहा पाउन सकिन्छ । ओरा क्वीकको ज्वरो नाप्ने सानो थर्मामिटरजस्तो यन्त्रमा र्याल राखेपछि संक्रमण भए नभएको बताउँछ ।

डाक्टरकोमा गएर ल्याबमा परीक्षण गरेर परिणाम थाहा पाउन केही दिन कुर्नुपर्ने अवस्था ओरा क्वीकले अन्त्य गरिदिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्