विपत्तिमा परेकालाई उद्धार गर्ने रोबोट



दुर्छिम (खोटाङ) । युद्ध र प्राकृतिक प्रकोप मानव जीवनमा अभिशाप मानिन्छन् । कहिले सामुद्रिक आँधी, कहिले भूकम्प त कहिलेकाहीं बाढीपहिरो र कहिले आगलागीले दुःख दिइरहन्छ । यस्ता विपत्तिले मानिसलाई संकटमा पारिरहेका छन् ।

विपत्तिबाट मुक्ति पाउने अचुक र अन्तिम उपाय छँदै छैन । तर, यस्ता विपत्ति कम गर्नचाहिँ सकिन्छ ।

अमेरिकाको बोस्टन डाइनामिक्स नामक संस्थाले सेनाको आर्थिक लगानीमा विपत्तिमा परेकालाई उद्धार गर्ने रोबोट निर्माण गरेका छन् । यो रोबोटको नाम एटलस रोबोट राखिएको छ ।

यसले चट्टान भएको र खाल्डाखुल्डीमा समेत उद्धारमा चाहिने सरसामान प्रयोग गर्न जान्दछ । उसले मानिसझैं घस्रिएर हिँड्न सक्छ । रोबोटमा प्रयोग गरिएको क्यामेरा र लेजर रेन्जका कारण सही ठाउँ पत्ता लगाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्