जीवनदायी औषधि आविष्कार गर्ने विश्वका पहिलो वैज्ञानिक



अलेक्जेन्डर फ्लेमिङ विश्वका पहिलो वैज्ञानिक थिए, जसले सन् १९२८ मा पेन्सिलिन आविष्कार गरेर संक्रामक रोगसँग लड्ने र तिनीमाथि नियन्त्रण पाउने मार्ग देखाए । स्कटल्यान्डमा ७ अगस्ट १८८१ मा जन्मेका यी वैज्ञानिकले सन् १९०६ मा सेन्टमेरी हस्पिटल मेडिकल स्कुलबाट डिग्री प्राप्त गरेका थिए । त्यसपश्चात् उनले प्रतिजीवी (एन्टिबायोटिक) पदार्थमा काम गर्न सुरु गरे । उनी आर्मी मेडिकल काप्समा पनि काम गर्न गए तर प्रथम विश्वयुद्ध समाप्त भएपछि सन् १९१८ मा उनी फेरि सेन्टमेरी मेडिकल स्कुल फर्के ।

सन् १९२८ को कुरा हो, जब उनी रोगका जीवाणुसँग केही प्रयोग गरिरहेका थिए, त्यसबेला आकस्मिक रूपमा उनले पेन्सिलिनजस्तो जीवनदायी औषधि आविष्कार गरे । पेन्सिलिन आविष्कारको कथा धेरै रोचक छ ।

फ्लेमिङ एकपटक आफ्नो प्रयोग निम्ति एउटा पेट्री डिसलाई काममा ल्याइरहेका थिए । एक दिनको कुरा हो, पिलोबाट निस्किएको पिपमा विद्यमान जीवाणुमाथि प्रयोग गर्ने बेला प्रोफेसर फ्लेमिङले एक आश्चर्यजनक कुरा देखे । उनले देखे– पेट्री डिसमा जमेका जैलीमा ढुस्सी उम्रेर आयो, जहाँ सबै ब्याक्टेरिया मरेका थिए । यसको जन्म हावामा उडेर आएका जीवाणुबाट भएको थियो । जो उनको प्रयोगशालामा खुला ठाउँबाट प्रवेश गरी पेट्री डिसमा जमेका थिए । उनले यसको खोेजी गरे, जुन पेनिसिलियम नोटाडम  थियो । यो एउटा विरलैखालको पदार्थ थियो ।

यो अकस्मात् भएको घटना फ्लेमिङले कैयौँपटक दोहोर्याए । सबैभन्दा पहिले उनले पेनिसिलियमको त्यस विरलै किसिमको नमुना उमारे । फेरि यस ढुस्सीबाट निकालिएको रसद्वारा रोग जीवाणुमाथि प्रभावको अध्ययन गरेका थिए । प्रयोगलाई कैयौँ प्रकारका जीवाणुसाथ दोहोर्याए । यसबाट उनले के पत्ता लगाए भने यस ढुस्सीबाट निस्केका रसको रोग जीवाणुमा घातक प्रभाव पर्ने गर्छ । ती यो रसबाट मर्ने गर्छन् ।

यो स्वयम्मा एक महत्वपूर्ण आविष्कार नै थियो किनभने उनले यस्तो द्रव्य प्राप्त गरेका थिए, जो रोगाणुलाई जन्म हुनबाट रोक्ने गथ्र्यो । जब कि यो रस पेनिसिलियम ढुस्सीबाट प्राप्त हुने गथ्र्याे । यसकारण यसको नाम पेन्सिलिन राखियो । फ्लेमिङले पेन्सिलिन झोलसाथ अनेकौँ प्रयोग गरे । उनले के पाए भने यस झोललाई हलुका गरे यसको प्रभाव जीवाणुमा पर्ने गर्छ ।

आफ्नो प्रयोगको बेला उनले पत्ता लगाए, पेन्सिलिन एक विचित्र पदार्थ हो, जसको प्रयोग गर्ने बेला अन्य पदार्थ परिवर्तन भएर स्वयम् प्रभावहीन हुन जान्छ । यस गुणविशेषका कारण कैयौँ वर्षसम्म यसको अध्ययनमा परिवर्तन हुन सकेन । अतः उनले यस समस्या समाधान गरे ।

सन् १९३८ मा अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर हावर्ड फ्लोरे र अर्नेस्ट चेनले गरे । ती दुवैले एक जटिल तापक्रमद्वारा औषधिलाई स्थिर गरिदिए । यस प्रक्रियालाई ‘फ्रिज ड्राइङ’ भन्ने गरिन्छ ।

सन् १९४१ मा दोस्रो विश्वयुद्धको बेला पेन्सिलिनको करिब ६ जना बिरामीमा परीक्षण गरियो । यस उपचारको धेरै राम्रो परिणाम प्राप्त भयो । तर, दुर्भाग्यवश पेन्सिलिन कमीका कारणले दुई रोगीको मृत्यु भयो । त्यसबेला यो अति आवश्यक भयो, यस औषधि अधिक मात्रामा तयार गर्न प्रयत्न गरियो ।

सन् १९४१ को अन्तिम दिनमा फ्लेमिङ अमेरिका गए । त्यहाँ उनले पेन्सिलिनलाई अलग गर्ने विधिमा वैज्ञानिकसँग छलफल गरेका थिए । अमेरिकाका औषधि निर्माताले यस दिशामा उनलाई सहयोग गरे । कैयौँ महिनाको सक्रियता, अथक परिश्रम र प्रयासद्वारा पेन्सिलिनलाई धेरै मात्रामा अलग गर्ने विधि पत्ता लगाइयो । त्यसपछि यो औषधि निर्माण गरियो । यसको प्रयोग पनि ठूलो मात्रामा भयो । हेर्दाहेर्दै यो औषधि चिकित्साजगत्को मेरुदण्ड बन्यो ।

डिप्थेरिया, निमोनिया, रक्त विषाक्तता, गलाको पीडा, पिलो र गम्भीर घाउका निम्ति पेन्सिलिनलाई रगतमा इन्जेक्ट गर्न सकिन्छ । सामान्यतः अपरेसनको समय सर्जन रोगीलाई पनि पेन्सिलिनकोे सुई दिने गर्छन् । पेन्सिलिन कैयौँ प्रकारका जीवाणुलाई उत्पन्न गर्ने तथा जीवाणु फैलिने प्रक्रिया रोक्न सक्छ । यो यौन रोेगमाथि नियन्त्रण गर्न धेरै प्रभावकारी औषधि हो ।

पेन्सिलिन आविष्कारपछि स्ट्रोप्ट माइसिन, टेरामाइसिनलगायत अनेकौँ एन्टिबायोटिक औषधि आविष्कार भइसकेको छ । आज यी एन्टिबायोटिक औषधिद्वारा लाखौँ मानिस मृत्युको मुखबाट बचाउने गरिएको छ । यस आश्चर्यजनक आकस्मिक खोज र विश्लेषणका निम्ति सन् १९४५ को चिकित्साक्षेत्रको नोबेल पुरस्कार फ्लेमिङ, फ्लोरे र चेनलाई संयुक्त रूपमा प्रदान गरियो । यस खोजमा फ्लेमिङको नाम विश्वप्रसिद्ध भयो । ११ मार्च १९५५ मा फ्लेमिङको निधन भयो ।

प्रतिक्रिया दिनुहोस्