गणेशटार । टाढैबाट भव्य देखिन्छ । लोभलाग्दो । त्यत्तिकै रहरलाग्दो । पहिले–पहिले यहाँ जंगल थियो ।
जंगलको बीचमा विशाल पोखरी रहेको बताइन्छ । जंगलमा जंगली जनावर बस्थे । त्यसमध्ये हात्ती पनि पथ्र्यो । पोखरीवरिपरि हात्ती हिँडडुल गथ्र्याे ।
हात्ती हिँडडुल गर्ने पोखरी रहेको ठाउँ कालान्तरमा खेतियोग्य जमिनमा परिणत गरियो । खेतियोग्य जमिन रहेको टार नियालेर हेर्ने हो भने हात्तीको टाउकोजस्तो देखिन्छ । त्यसैले यस ठाउँको नाम गणेशटार रहेको हो भन्नेको कमी छैन ।
गणेशटारको काखैमा सुनकोसी सुसाइरहेको छ । यहींबाट सुनकोसीको सुसाइ ससुनिरहूँजस्तो लाग्छ ।
अत्यधिक गर्मी भयो भने हातपाउ चल्ने गणेशटारवासी कोसी झरेर पौडी खेलिहाल्छन् । समय हुनेले माछा मार्न कोसी झरिहाल्छन् ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङमा रहेको गणेशटार गतिलै भ्युटावर मानिन्छ । यहाँबाट उदयपुरका पहाडी भेग र भोजपुरसम्म देख्न सकिन्छ ।