किसानका साथी, अरूभन्दा माथि



दुर्छिम (खोटाङ) । लोपोन्मुख वन्यजन्तु । त्यो पनि किसानमैत्री । किसानमैत्री सालकलाई किसानको साथी भनिन्छ । उसले बालीनाली नोक्सान गर्ने जीवलाई खाइदिन्छ ।

एक वयस्क सालकले दैनिक कम्तीमा २ लाख ३० हजार कमिला तथा धमिरा खान्छ । ऊ आहारा खोज्न राति निस्कन्छ । आफूलाई कहीं कतैबाट आक्रमणको चाल पाए डल्लो परिहाल्छ ।
४३ जिल्लामा पाइने सालकले बालीनाली नोक्सान गर्ने जीवलाई नखाइदिने हो भने सम्बन्धित किसानले लगाएका बालीनालीले सोचेजस्तो उत्पादन दिँदैन । माटोको रङसँग मिल्दोजुल्दो देखिने उसले खेतबारी खोस्रेर उर्वरा बनाइदिन्छ ।

सालक सालघारीमा बस्न रुचाउँछ । समुद्र सतहबाट २,००० मिटर उचाइसम्म उसको उपयुक्त बासस्थान हो । संरक्षित वन्यजन्तु मानिने सालक नेपालमा दुई प्रजातिका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तु मानेको हो । नेपालमा चाइनिज प्याङ्गोलिन र इन्डियन प्याङ्गोलिन सालक पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्