पाहुनालाई बिदाइ गर्दा आफ्नो घरभन्दा केही परसम्म पु र्याउने स्थानविशेषको किराती संस्कार रहेको छ । स्थानविशेषको त्यस्तो किराती संस्कार भए पनि होटल तथा लजमा बसेका प्रत्येक पाहुनालाई त्यसरी नै बिदाइ गर्न सम्भव होला र ?
तर, हुँदोरहेछ ।
कसरी ?
ओखलढुंगाको जयराममा रहेको होटल संगमले आफ्ना होटलमा बसेका प्रत्येक पाहुनालाई बिदाइ गर्न नयाँ उपाय सुझाएको छ । होटलमा बसेका पाहुनालाई बिदाइ गर्न उसले खाना पकाउने ग्यासको सिलिन्डर प्रयोग गरेका छन् । संगम होटलले मूलगेटमा ग्यास सिलिन्डर राखिएको छ । ग्यास सिलिन्डरमा लेखिएको छ– फेरी भेतौँला ल बाई ।
संगम होटलमा बसेका यात्रु गन्तव्यतर्फ लाग्दा उनीहरूले ग्यास सिलिन्डरमा लेखिएको ‘फेरी भेतौँला ल बाई’ भन्ने चार शब्द पढ्न पाउनेछन् । होटल सञ्चालकले प्रत्येक यात्रुलाई बिदाइको हात हल्लाउन नसके पनि बिदाइस्वरूप ग्यास सिलिन्डरमै भए पनि ‘फेरी भेतौँला ल बाई’ लेखिएको पढ्न पाउँदा आनन्द लाग्ने सोही होटलमा एकरात बास बसेर काठमाडौं हिँडेका च्यास्मिटार खोटाङ शैलेशकिरण चाम्लिङले बताए ।