हलेसीमा १४ दिनको भेटी ५ लाख ९९ हजार ४४०



हलेसी (खोटाङ) । हलेसी आइपुगेका दर्शनार्थीले १४ दिनमा चढाएको भेटी गणना गर्दा ५ लाख ९९ हजार ४४० रुपैयाँ संकलन भएको छ ।

संवत् २०७७ चैत ३ देखि १६ गतेसम्मको भेटी गणना गर्दा ५ लाख ९९ हजार ४४० रुपैयाँ संकलन भएको हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईले जानकारी गराए ।

हलेसी सूचना केन्द्र प्रमुख राईका अनुसार शिव–पार्वतीथानको भेटी गणना गर्दा ४ लाख ७५ हजार ८०० रुपैयाँ भएको हो ।

यसैगरी, हलेसी गुफाको प्राङ्गणमा रहेको दान पेटिकामा ७० हजार १५० रुपैयाँ भेटी संकलन भएको थियो । बसाहा गुफाको दानपेटिकाबाट ५३ हजार ४९० रुपैयाँ संकलन गरी हलेसी सूचना केन्द्रले १४ दिनको भेटी गणना गरी सूचना टाँसेर सबैमा जानकारी गराएको हो ।

हलेसी आइपुगेका दर्शनार्थीले यस अवधिमा १ हजार ३४० भारतीय रुपैयाँ चढाएका थिए ।

अतिथि सत्कार, भेटी गणना गर्दा खाजा, साउन्ड ष्टिमलगायत विभिन्न शीर्षकमा ९२ हजार २९५ रुपैयाँ खर्च भएको थियो ।
दर्शनार्थीले यसपटक ४६.१७ ग्राम चाँदी र सुन १.८ ग्राम चाँदी चढाएका थिए ।

गणना गरिएको भेटी खर्च कटाएर ५ लाख ७ हजार १४५ श्री हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुच्छ्रे बैंक हलेसी शाखामा जम्मा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्