दुर्छिम (खोटाङ) । युवा संघ नेपाल, हलेसी तुवाचुङ नगर कमिटी इन्चार्जमा सुवास चाम्लिङ चयन भएका छन् । खेलकुद महासंघ केन्द्रीय अध्यक्ष रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न युवा संघ हलेसी तुवाचुङ नगर कमिटीको दोस्रो अधिवेशनले चाम्लिङलाई नगर इन्चार्जमा चयन गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सम्पन्न अधिवेशनले सहइन्चार्जको भूमिका राजेन्द्र राईले पाएका छन् ।
यसैगरी, धनकुमार भुजेलको अध्यक्षतामा ७५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । नेकपा एमाले प्रदेश कमिटी सदस्य खडेन्द्र राई, सुरेन्द्र राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तथा एमाले जिल्ला सचिवालय सदस्य दीपनारायण रिजाल, नगर उपप्रमुख तथा प्रदेश कमिटी सदस्य वीणादेवी राईलाई साक्षी राखेर गठित आयोजक कमिटीमा लालबहादुर राउत (उपाध्यक्ष), दुर्गाधन राई ‘किसन’ (सचिव), गणेश राई (सहसचिव) र सीता राउतले कोषाध्यक्षको भूमिका पाएका छन् ।
केही समयअघि, एमाले प्रदेश कमिटी सदस्य खडेन्द्र राईको संयोजकत्वमा १०१ सदस्यीय एमाले हलेसी तुवाचुङ नगर अधिवेशन आयोजक कमिटी गठन भएको थियो ।