बेलायतमा सम्मानित नेपाली सेनाका अधिकृतलाई पुरस्कारस्वरूप तरबार


बेलायत । नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा अन्तर्राष्ट्रिय सम्मान दिइएको छ । त्रिपुरासुन्दरी गाउँपालिका धादिङनिवासी २१ वर्षीय पिटर थापा नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्टका रूपमा कार्यरत छन् ।

बेलायतको स्यान्डहस्टमा रहेको सैनिक महाविद्यालयले यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी थापालाई अन्तर्राष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरूप प्रदान गरेको थियो ।

सालिन्दा विश्वका विभिन्न देशका सैनिक अधिकृतलाई बोलाएर वर्षभरि दिइने तालिममा अग्रस्थानमा आउने उनी नेपाली सेनातर्फबाट पहिलो अधिकृत हुन् ।

नेपालको सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालिमबाट सर्वोत्कृष्ट हुनेलाई सेकेन्ड लेफ्टिनेन्ट बनाई बेलायतमा हुने त्यसप्रकारको तालिममा पठाइन्छ । थापा दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती भएका थिए ।

सम्मान पाएसँगै उनी आवश्यक परे बेलायती सेनाका जवानलाई तालिम दिने प्रशिक्षकका रूपमा समेत योग्य भएका छन् । सम्मान तथा समापन कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको समेत सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्